पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले महिला ४ र पुरुष २ जनामा कोरोनाबाट मृत्यु भएको बताए । नेपालमा हालसम्म २५७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने महिलाहरूमा चितवनको ४० वर्षीया, भक्तपुरको ४० वर्षीया, तनहुँको ९२ वर्षीया र रुपन्देहीको ७७ वर्षीया रहेको प्रवक्ता डा.गौतमले बताए ।

मृत्यु हुनेमा पुरुषमा सिन्धुपाल्चोकको ७७ वर्षीय र रुपन्देहीको ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको डा.गौतमले बताए ।

Published : Thursday, 2020 September 3, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया