निषेधाज्ञा खुकुलो भएकै दिन काठमाडौंमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, कुन जिल्लामा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि १२२८ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले महिला ३९४ र पुरुष ८३४ जनामा कोरोना पोजेटिभ देखिएको बताए । काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

डा.गौतमले देशभरि बिहीबार ९१७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएको जानकारी दिए ।

उदयपुरमा २, ओखलढुंगामा ७, झापामा १२, तेह्रथुममा २, धनकुटामा ३, मोरङमा ४६ जना, संखुवासभामा ६, सुनसरीमा २७ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

धनुषमा ६४, पर्सामा ६५, बारामा ७१, महोत्तरीमा २०, रौतहटमा २९, सप्तरीमा १, सर्लाहीमा १०९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

काठमाडौंमा ३५७, काभ्रेमा ७, चितवनमा ५६, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ४२, मकवानपुरमा २२, रामेछापमा १, ललितपुरमा ४६, सिन्धुपाल्चोकमा ३ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

कास्कीमा ३१, गोरखामा ५, तनहुँमा ३, नवलपुरमा ६, लमजुङमा ९, बागलुङमा १ जनामा कोरोना देखिएको छ ।

कपिलवस्तुमा ११, गुल्मीमा १०, दाङमा ४, नवलपरासीमा ९, पाल्पामा २, प्यूठानमा २, बर्दियामा ५, बाँकेमा ८, रुपन्देहीमा ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कालीकोटमा २, जाजरकोटमा १, दैलेखमा ६, सल्यानमा २, सुर्खेतमा ७, अछाममा ६, कञ्चनपुरमा ३, कैलालीमा १५, डोटीमा ४, दार्चुलामा २, बझाङमा १०, बैतडीमा २ जनामा कोरोना पोजेटिभ भेटिएको डा.गौतमले बताए ।

Published : Thursday, 2020 September 3, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया