लालझण्डा ओडेर भोजपुरमा मुख्यमन्त्रीका मान्छेद्वारा मल तस्करी, कांग्रेसद्वारा कारबाहीको माग

भोजपुर । मुलुकभरि रासायनिक मलको हाहाकार भएका बेला भोजपुरमा प्रहरीले चालीस बोरा युरिया मल बरादम गरेको छ ।

अरुण गाउँपालिकाको प्याउली भन्ने स्थानमा प्रहरीलाई शंका लागेर गाडी चेकजाँच गर्दा चालीस बोरा युरिया मल बरामद गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी जीवन पुरीले जानकारी दिए ।

‘गाडीमा शंका लागेर प्रहरीले हेर्दा ४० बोरा युरिया मल बदारम गरेको छ’, प्रजिअ पुरीले भने, ‘गाडी चालक, युरिया मल बोकेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान भइरहेको छ ।’

युरिया मल तस्करी गरेर भोजपुर भित्र्याउनेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता अर्जुन कटुवाल हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको राजनीतिक संरक्षणमा गलत हर्कतहरू गर्दै आएका कटुवाललाई युरिया मल प्रतिबोरा २५ सयका दरले किसानलाई बिक्री गरेको आरोप लागेको छ । कटुवाल अरुण गाउँपालिका वडा नं. ५ निवासी हुन् । उनी अरुण गाउँपालिका नेकपाको कमिटी सदस्य हुन् ।

प्रमुख जिल्ला अधिकारी पुरीले नेकपाका नेता समेत रहेका युरिया मलका मालिक कटवलाका विषयमा केही भन्न मानेनन् । उनले युरिया मल तस्करी गर्ने व्यक्तिलाई पक्राउ गरेर कालोबजारी ऐनअनुसार कारबाही गर्ने बताएका छन् ।

गाडीमा किराना सामानले माथिबाट ढाकेर युरिया मल भोजपुरमा तस्करी हुँदै थियो । स्थानीयहरूले युरिया मल नेकपाका नेता कटुवालले तस्करी गरेको स्थानीय प्रशसन र प्रहरीलाई जानकारी हुँदा पनि सत्ताको दवावमा पक्राउ नगरेको भन्दै आक्रोश पोखेका छन् ।

देशभरि रासायनिक मलको हाहाकार भएका बेला भोजपुरमा नेकपाकै नेताले युरिया मल तस्करी गरेको फेला परेपछि किसानहरू चकित परेका छन् ।

उता, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँले किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउनुपर्नेमा जिम्मेवार व्यक्तिहरू तस्करीमा लागेको भन्दै चिन्ता जनाएका छन् । ‘तस्करीको रासायनिक मल पक्राउ गरेर भोजपुरको प्रहरी र स्थानीय प्रशासनले राम्रो काम गरेको छ’, चापागाइँले भने, ‘दोषी जो कोही भए पनि कानूनअनुसार हदैसम्मको कारबाही हुनुपर्छ ।’

कांग्रेसका युवा नेता चापागाइँले किसानलाई समयमा नै छिटोभन्दा छिटो रासायनिक मल सहुलीयतमा उपलब्ध गराउन र तस्करहरूलाई कारबाही गर्नुपर्ने बताए । अन्यथा तरुणहरू आन्दोलन गर्न बाध्य हुने उनको चेतावनी छ । चापागाइँले लाल झण्डा ओडेर रासायनिक मल तस्कर गर्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।

Published : Thursday, 2020 September 3, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया