सुकुर्दुङ खोलाले दश घर बगायो, १२ जना सम्पर्क विहीन

ढोरपान । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ ।

बुधबार मध्यराति आएको सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै आएको बाढीले घर बगाउँदा करीब १२ जना सम्पर्क बिहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् ।

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

घटना स्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Published : Thursday, 2020 September 3, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया