काठमाडौं छिर्न पीसीआर रिपोर्ट अनिर्वाय, तेस्रो हप्ताको निषेधाज्ञामा के–के गर्न पाइन्छ ?

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्न अब अनिर्वाय रुपमा पीसीआर रिपोर्ट देखाउनु पर्ने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासनहरूले बुधबार मध्यरातदेखि लागू हुने गरेर एक हप्ता निषेधाज्ञा थपेसँग उपत्यका छिर्न पीसीआर रिपोर्ट अनिर्वाय बनाइएको हो ।

उपत्यकामा दैनिक संक्रमणको दर बढिरहेकाले अर्को साता थपिएको छ । भदौ २४ गतेसम्म निषेधाज्ञा लागू गरिएको सूचनामा उल्लेख छ ।

उपत्यकाका मेयरहरुको बैठकले पनि केही दिन निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो ।

कठमाडाैं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूबाट जारी भएको आदेश

काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लामा कोभिड– १९ को बढ्दो संक्रमणलाई प्रभावकारी रुपमा रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी मिति २०७७–०५–०३ गते राति १२ः०० बजेदेखि मिति २०७७–०५–१७ गते राति १२.०० बजेसम्म निषेध आदेश जारी गरिएकोमा मिति २०७७–०५–१७ गते राति १२ः०० बजेदेखि २०७७–०५–२४ गते राति १२ः०० बजेसम्म लागू हुनेगरी देहायबमोजिम निषेध आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

निषेध गरिएका सेवाहरू

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम साथै अत्यावश्यक सेवा सञ्चालन गर्न बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

२. अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका नागरिकहरू एवम् दीर्घ रोग भएका जुनसुकै उमेरका मानिसहरू घरबाट बाहिर निस्कन ।

३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन भक्तपुर जिल्ला भित्र प्रवेश गर्न । यसरी आउने सवारी साधनमा रहेका ड्राइभर र सहयोगीहरु तोकिएबमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

४. जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न ।

५. कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न ।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध, दूग्धजन्य पदार्थ र सोको प्याकेजिङ सामग्री, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन, स्यानिटाइजलगायतका सामग्रीहरू, अस्पताल जानेरआउने बिरामी, दाहसंस्कारका लागि अनिवार्यरुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधनजस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेलारजम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।

८. परम्परागतरूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न ।

९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टयूशन सेन्टर, भाषा कक्षालगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न ।

१०. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, मार्ट, मनोरञ्जनस्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सचालन गर्न ।

११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापार, व्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न ।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न, गराउन ।

१३. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारवाही हुनेछ ।

सञ्चालन गर्न पाउने सेवाहरू

१. अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी मात्र बिकी वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसलरव्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन सकिने ।

२. अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछार मासु विक्री वितरण गर्ने पसलहरू विहान ११ः०० बजेसम्म खोल्न सकिने ।

३. विकास निर्माणसँग सम्बन्धित पसलरव्यवसाय साथै छोटी ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउसो २ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न सकिने तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नु पर्नेछ ।

४. पीसीआर नेगेटिभ भएका व्यक्तिहरूबाट टेकअवे सेवा सञ्चालन गर्न, सरकारले तोकेको मापदण्ड अनिवार्यरुपमा पालना गरी अनलाइन सेवा सञ्चालन गर्न ।

५. अत्यावश्यक उपभोग्य बस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको पीसीआर नेगेटिभ हुनु पर्नेछ । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड जारी भएपछि मात्र सेवा सञ्चालन गर्न पाइनेछ ।

६. कामदार र कर्मचारीहरूलाई आयोजनास्थलमै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न ।

७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न ।

८. क्वारेन्टाइन, आइशोलेसनमा बस्नेहरूको लागि खाना खुवाउने क्याटरित, होटल सञ्चालन गर्न ।

९. एयरपोर्टदेखि क्वारेन्टाइन वा आइसोलेसन वा होटेलसम्म जाने यातायात सञ्चालन गर्न ।

१०. अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पिसिआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्नेछ ।

११. स्वाव परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाब परीक्षण गराउने व्यक्तिहरूको रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नुपर्नेछ । यस व्यवस्थाको उलंघन हुनेगरी जथाभावी हिंडडुल गर्नेहरू उपर संकामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।

१२. अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न सकिनेछ । उद्योग कलकारखानामा काम गर्ने कर्मचारी र कामदारहरू खानरबस्नको लागि परिसरभित्र सम्बन्धित उद्योग कलकारखानाले नै छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नुपर्नेछ ।

उद्योग कलकारखाना सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु र गराउनुपर्नेछ । यसको व्यवस्थापन अनिवार्य रुपमा सम्बन्धित उद्योगले नै गर्नु पर्नेछ । सोको अनुगमन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले गरी प्रतिवेदन गृह मन्त्रालय मार्फत सिसिएमसीमा पठाउनुपर्नेछ ।

१३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवाप्रबाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ । सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी संख्याको १र३ संख्यामा नबढाई सेवा प्रवाह गर्न सकिनेछ । साथै एटिएम सेवा सञ्चालन गर्दा सम्बन्धित बैंकले नियमित रुपमा डिसइन्फेक्ट गर्नुपर्नेछ । सो को अनुगमन नेपाल राष्ट्र बैंकले गर्नु पर्नेछ ।

१४. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ तर पिसिआर परीक्षण सुविधा नभएको स्थानबाट यो प्रयोजनमा उपत्यका आउनु पर्ने व्यक्तिको हकमा काठमाडौंमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नु पर्नेछ ।

१५. माथि उल्लिखित व्यवस्थाका लागि सहजीकरण गरिएका सेवाहरु सञ्चालन गर्दा अनिवार्य रूपमा सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्नेछ । साथै अनिवार्य रुपमा नेपाल सरकार मन्त्रिपरिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुरगराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ । सोको पालना नभएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।

१६. माथि उल्लेखित क्रियाकलाप गर्दा र गराउँदा सम्बन्धित नियामक निकायले अनिवार्य रुपमा तोकिएको प्रोटोकल पालना भए वा नभएको विषयमा अनुगमन गरी सोको प्रतिवेदन आ–आफ्नो तालुक निकायमा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हप्ताको दुई पटक उपलब्ध गराउनु पर्नेछ ।

Published : Wednesday, 2020 September 2, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया