यस्तो छ कम्युनिस्टहरू ताल, बाबु–छोरानै राजनीतिक नियुक्तिमा ‘तरमार्दै’

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले आफ्ना छोरालाई सरकारी नियुक्ति दिलाएका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाली कांग्रेससँग झापामा मेयरमा पराजत प्रसाइँलाई बामगती प्रदेशको प्रमुख नियुक्त गरेका थिए ।

उनै प्रसाइँले आफ्ना छोरा राजेश प्रसाइँलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाको रजिष्टारमा नियुक्त गराएका छन् ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँका छोरा राजेश प्रसाइँलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बाबुकै उपस्थितिमा प्रतिष्ठानको रजिष्टारमा नियुक्त गरेका छन् ।

आफ्नै बाबु प्रदेशको प्रमुख भएको बामगती प्रदेशमा छोरालाई प्रतिष्ठानको रजिष्ट्रार बनाइएको छ ।

Published : Wednesday, 2020 September 2, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया