पछिल्लो २४ घण्टामा १२ जनाको काेराेनाबाट मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ६ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।

चितवनमा १८ र ५५ वर्षीया दुई महिलाको मृत्यु भएको छ । काठमाडौंकी ८९ वर्षीया महिलाको मृत्यु भएको छ । ललितपुरकी ७० वर्षीया एक महिलाको मृत्यु भएको छ । तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएको छ । कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

बाराका ९७ वर्षीय पुरुष, चितवनका ६५ वर्षीय पुरुष, भक्तपुरको ४० वर्षीय पुरुष, काठमाडौंका ७० र ७५ वर्षीय पुरुष तथा धादिङको ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको प्रवक्ता डा.गौतमले बताए ।

हालसम्म नेपालमा २५१ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

Published : Wednesday, 2020 September 2, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया