प्रचण्डका घरबेटीले काम नगरेपछि दिक्क भएर ओली आफैले फोन घुमाए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी समयमा रासायनिक मल नल्याएर अलपत्र पारेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले बंगलादेशसँग मल मागेका छन् ।

प्रधानमन्त्री ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजियतसँगमंगलबार फोनमा कुरा गरेर रासायनिक मग सहयोग गर्न आग्रह गरेका हुन् ।

फोन वार्तामा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको मित्रता र अन्य समसामयिक विषयमा कुराकानी गरेको ओलीको ट्वीटमा उल्लेख छ ।

ओलीले बंगलादेशीकी प्रधानमन्त्री हसिनासँग युरिया मल नेपाललाई दिन आग्रह गरेको ट्वीटमार्फत जानकारी दिइएको छ ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले प्रस्ताव सकारात्मक रुपमा लिएको पनि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

प्रचण्डका घरबेटी शारदा अधिकारीले अनुदानको रासायनिक मल खरिद गर्नका लागि टेण्डर पाएका छन् । तर, उनले रासायनिक मल समयमा ल्याएनन् । उनले समयमा मल ल्याउन नसक्दा किसानहरूले भदौको दोस्रो हप्तासम्म समेत मल पाएका छैनन् ।

ठूलाठूला सडक, खानेपानी लगायतका आयोजनाहरू राजनीतिक पहुँचका आधार लिएर अलपत्र पार्दै आएका बदनाम ठेकेदार अधिकारी रासायनिक मल काण्डमा पनि बदनाम भएका छन् ।

Published : Tuesday, 2020 September 1, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया