राप्तीमा खौराहा बाबाको मन्दिर, कुण्डमा स्नान गर्दा छाला रोग निको

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा रहेको खौराहा बाबा धार्मिक पर्यटकीयस्थलको प्रचार प्रसार आवश्यक भएको छ ।

राप्ती गाउँपालिका–५ को कालापानी गाउँको उत्तरतर्फ खौराहा बाबाको मन्दिर र पोखरी पर्दछ । यस स्थान परम्परागत रुपमा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

पछिल्लो समय प्रायः पर्यटनका लागि मनमोहक तथा शान्तस्थलको रुपमा रहेको छ । चुरे पहाडको फेदीमा पर्ने यो खौराहा बाबा धार्मिक पर्यटकीयस्थल सिसहनियाँ बजारदेखि करीव १.५ किलोमिटर उत्तरमा पर्दछ ।

मनमोहक प्राकृतिक सम्पदा, भब्य शिव मन्दिर, आकर्षक तलाउ, स्नानार्थ कुण्ड, विभिन्न प्रजातीका चराचुरुङी तथा बन्य जन्तुको बासस्थान रहेको सो खौराहा बाबा धार्मिक पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरू बढ्न थालेका छन् ।

सो स्थानमा आन्तरिक र बाह्य पर्यटकहरू मनमोहक दृष्यको आन्नद लिन, पिकनिक तथा स्वास्थ्य लाभका लागि कुण्ड स्नान गर्न नियमित आउने गर्दछन् ।

माघी स्नानको अवसरमा भब्य मेला लाग्ने यो स्थानको अवलोकन तथा कुण्ड स्नान गर्नाले छालासम्बन्धी रोग हराउने मान्यता छ ।

कालापानी सामुदायिक वनको संरक्षण तथा खौराहा बाबा धार्मिक पर्यटकीयस्थल सञ्चालक समिति लगायत समूहहरूको संरक्षणमा रहेको धार्मिक पर्यटकीयस्थलको विकासको लागि स्थानीय नागरिक, राप्ती गाउँपालिका लागिपरेको छ ।

Published : Monday, 2020 August 24, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया