ईश्वर पोखरेलका मान्छेले एआईजी बढुवामा चक्मा खाए, शाही र कार्की खुसी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ ।

मन्त्रालयले रिक्त रहेको २ पदका लागि डीआइजी निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीको नाम सिफारिस गरेको हो । शाही प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् । कार्कीले विशेष ब्युरोको नेतृत्व गरिरहेका छन् ।

शाही र कार्की अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । दुबै जना कार्यकुशलताको हिसावले अहिलेसम्म विवादमा परेका छैनन् ।

एआईजीमा बढुवाका लागि डीआईजी विश्वराज पोखरेलको दौडधुमले काम गरेन । सबैलाई चकित पार्दै एसएसपीबाट डीआईजीमा एक्लै बढुवा खाएका पोखरेल एआईजी बढुवामा धेरै मेहनत गरेका थिए ।

आफूभन्दा सिनियरहरूलाई चक्मा दिएका डीआईजी पोखरेलले एआईजी बढुवामा आफैले चक्मा खाएका छन् । कम्युनिस्ट सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल निकट मानिने विश्वराज पोखरेललाई झट्का लागेको छ ।

मन्त्री पोखरेलको पावर लगाएर आफ्ना सिनियरहरूलाई उछिट्याएका डीआईजी पोखरेलका कारण चेन अफ कमाण्ड भत्किएको भनेर नेपाल प्रहरीभित्र ठूलो असन्तुष्टि थियो ।

Published : Wednesday, 2020 July 15, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया