शुक्रबार काठमाडौं उपत्यकाले सबैलाई उछिन्याे, यी छ जिल्ला काेराेना मुक्त, ११८ संक्रमित

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरूको संख्या दैनिक वृद्धि भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना पोजेटिभ भेटिएको बताए । काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा अन्य जिल्लाकाे तुलनामा धेरै संक्रमित भेटिएका छन् ।

छ वटा जिल्ला कोरोना मुक्त भएका छन् । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोना मुक्त भएको डा.गौतमले बताए ।

विराटनगरमा भएका नमूना परीक्षणहरूमा पाँचथरका २ र इलामका १ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

राजविराजमा भएको नमूना परीक्षणमा सिरहाका एक जनामा कोरोना देखिएको छ ।

जनकपुरको परीक्षणमा धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका ६ जना र सिरहाका १ जनामा कोरोना देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रसुवाका १ जना, डोटीका १ जना र सर्लाहीका १ जनामा पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंको परीक्षणमा १ जना मा कोरोना देखिएको छ ।

पाटन अस्पताल ललितपुरको प्रयोगशालामा बाँकेका १ जना, भक्तपुरका १ जना, काठमाडौंका १५ जना, काभ्रेपलाञ्चोकका २ जना, ललितपुरका १३ जना, महोत्तरी १ जना, रामेछापका १ जना, रौतहटका २ जना, सिन्धुलीका १ जना र सिन्धुपाल्चोकका १ जनामा पोजेटिभ देखिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका १२ जना, सर्लाहीका १ जना, इलामका १ जना, पाल्पाका २ जना, रुपन्देहीका १ जना, मकवानपुरका १ जना, धादिङका १ जना र कैलालीका १ जना रहेका छन् ।

भरतपुरको प्रयोगशालामा भएको परीक्षणमा चितवनका १ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

पोखरा प्रयोगशालाको परीक्षणमा बागलुङका २ जना र तनहुँका ८ जना तथा गोरखाका १ जना र नवलपरासीका दुई जना कोरोना देखिएको छ ।

रुपन्देही प्रयोगशालामा भएको नमूना परीक्षणमा गुल्मीका छ जना र पाल्पाका २ जनामा कोरोना देखिएको छ ।

दैलेखको प्रयोगशालामा सुर्खेतका ७ जना, बाजुराका १ जना र दैलेखका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सुर्खेतको प्रयोगालामा भएको नमूना परीक्षणमा डोल्पाका १ जना, सल्यानका १ जना र सुर्खेतका ४ जनामा पोजेटिभ देखिएको छ ।

यसैबीच, शुक्रबार १२० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

Published : Friday, 2020 July 10, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया