ओलीको कम्युनिस्ट सरकारविरुद्ध नवलपरासीमा कांग्रेसको भव्य प्रदर्शन

परासी । नेपाली कांग्रेस नवलपरासीले नागरिकता विधेयक फिर्ता र कोरोना भाइरसको संक्रमण रोकथामका नाममा भएको भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरेको छ ।

कांग्रेस नवलपरासीले आइतबार परासी बजारमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको कांग्रेस नेता बिक्रम खनालले जानकारी दिए ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै भएको कोण सभामा नेताहरूले कम्युनिस्ट सरकारको विरोध गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले कोरोना नियन्त्रणमा सरकार असफल भएको बताए ।

असुरक्षित क्वारेन्टिनमा जनतालाई राख्ने गरेको भन्दै कांग्रेस नेताहरूले पीसीआर पद्धतिबाट परीक्षण गर्न माग गरेका छन् ।

उनीहरूले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन विभेद गरेर नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

कार्यबहाक जिल्ला सभापति अजुर्न कुमार पोखरेलको नेतृत्वमा निस्केको थियो ।

कोणसभामा कांग्रेस नेताहरू बिक्रम खनाल, देवदकरण जयसवाल, महिला नेतृ आरधाना भट्ट, बिक्रम यादव, उमेश यादवलगायतले कोरोना संक्रमणका नाममा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गरेका थिए ।

Published : Sunday, 2020 June 28, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया