पर्सामा १७ जना कोरोना भाइरसको संक्रमणबाट निको

वीरगञ्ज । पर्सा जिल्लामा कोराना भाइरसको संक्रमित १७ जना निको भएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत १७ जना कोरोना मुक्त भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताएका छन् ।

१७ जनामध्ये पुरुष १० जना र महिला ७ जना छन् । उनीहरू सबै पर्साका हुन् । पर्सामा १७ जना कोरोनाबाट निको भएपछि यसको संख्या १ सय ४ पुगेको छ ।

शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए ।

आइतबार १७ जना निको हुँदा २४ जना संक्रमित थपिएका छन् । आइतबार नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।

Published : Sunday, 2020 May 24, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया