डा.आरजु राणाद्वारा वीर अस्पतालमा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणाले वीर अस्पताललाई स्वास्थ्य सामग्रीहरू सहयोग गरेकी छिन् ।

आइतबार डा.राणाले अस्पताललाई २५ सेट पीपीई, सर्जिकल मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्रीहरू सहयोग गरेकी हुन् ।

डा.राणाको तर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता दुजाङ शेर्पाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

वीर अस्पतालको क्यान्सर वार्डकी विशेषज्ञ चिकित्सक डा.सन्ध्या चापागाइँलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेविसंघ नेता शेर्पाले जानकारी दिए ।

कांग्रेस नेतृ डा.राणाले सुदूरपश्चिमका विभिन्न अस्पतालमा पनि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी थिइन् ।

Published : Sunday, 2020 May 24, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया