ईदका अबसरमा कांग्रेसद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्वीहरूको पवित्र पर्व “ईद उल फित्र”का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिमलाई शुभकामना दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार शुभकामना सन्देश जारी गरेर इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक संहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् ।

‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु’, उनले भनेका छन् ।

‘लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ’, देउवाले भनेका छन् ।

‘लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरू अझ बढि जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने ।

‘नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट आक्रान्त छ’, उनले भने, ‘यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा भौतिक दुरीलाई कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ गर्नु हुन म सबैलाई आग्रह गर्दछु ।’

‘इद उल फित्रले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Sunday, 2020 May 24, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया