‘प्रेस युनियन अफ दी इयर अवार्ड’ कांग्रेस निकट अनीषालाई दिइने

पोखरा । कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन कास्कीले प्रेस युनियन अफ दी इयर अवार्ड अनीषा श्रेष्ठलाई प्रदान गर्ने जनाएको छ ।

कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई दिन लागिएको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

एक वर्षअघिको बैठकले प्रत्यक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसमा कार्यसमिति सदस्यमध्यबाट एक जना सदस्यलाई अवार्ड दिने निर्णय गरेको थियो ।

२९ औं स्थापना दिवसको अवसरसँगै जेठ १३ मा सो अवार्ड प्रदान गरिनेछ । अवार्ड स्वरुप नगद पाँच हजार नगदसहित मायाको चिनो प्रदान गरिने छ ।

कार्यसमितिका सदस्यले संस्थाका लागि निर्वाह गरेको भूमिकाको मूल्यांकन गरी प्रोत्साहन गर्न सो अवार्ड व्यवस्था गरिएको हो छ ।

‘यसपटक सदस्य श्रेष्ठलाई प्रोत्साहन स्वरुप अवार्ड दिइनेछ’, अध्यक्ष सिग्देलले भने, ‘कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्नु नै अवार्डको उद्देश्य हो ।’

प्रेस युनियन कास्कीले यसवर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्नेछ ।

Published : Sunday, 2020 May 24, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया