कपिलवस्तुमा आइसोलेसन स्थापना, कोरोनाको उपचार हुने

कपिलवस्तु । कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह र यशोधरा गाँउपालिका प्रमुख गृजेशकुमार पाण्डेयको संयोजनमा आईसोलेसन वार्ड स्थापना गरिएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ११ मा रेहरा स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड सेन्टर निर्माण गरिएको हो ।

नगरपालिका र गाँउपालिकाको विभिन्न स्थानमा आइसोलेसन वार्ड सेन्टर निर्माण गर्ने कार्य तिब्र रुपले भइरहेको कपिलवस्तु नगरपालिका प्रमुख सिंहले बताए ।

कोरोना संक्रमितलाई उपचारका लागि बुटवल पु¥याउनुपर्ने बाध्यतालाई मध्यनजर गरी कपिलवस्तु नगरपालिका र यशोधरा गाँउपालिकाले अब रेहरा स्वास्थ्य चौकीमा व्यवस्था गरिएको सिंहले बताएका छन् ।

यशोधरा गाउँपालिकाका प्रमुख पाण्डेयले आफूहरूले २५ बेडको व्यवस्था कपिलवस्तु नगरपालिकाको संयोजनमा रेहरा स्वास्थ्य चौकीमा स्थापना गरिएको बताएका छन् ।

आइसोलेसन वार्ड सेन्टरको उद्घाटन कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष रामगोपाल यादव, वडा नम्बर ८ का शिवकुमार पाण्डेय, वडा नम्बर ३ का प्रकाश पाण्डेय तथा समाजसेवी बलरामप्रसाद तिवारी, जमशेद खान र स्वास्थ्य चौकीका जग्गादाता गौरीशंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 May 24, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया