सामाजिक दुरी कायम गरी घरमै ईद मनाउन मुस्लिम आयोगको अपील

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन अपील गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारीले ईद पर्वमा सरकार र आयोगले तोकेको मापदण्डहरूलाई अनुसारण गरेर ईदको नमाज घरमा पढ्न आग्रह गरेका हुन् । उनले ईदका क्रममा मस्जिदमा पाँच जनाभन्दा धेरै व्यक्ति सहभागी नहुन आग्रह गरेका हुन् ।

कोरोना भाइरसका कारण ठूलो जोखिम रहेको भन्दै उनले धर्म र आस्थालाई एक ठाउँमा राखेर महामारीबाट बच्न सबैलाई अनुरोध गरेका हुन् ।

‘ईदका क्रममा आयोगको अपीललाई मानेर सबै मुस्लिम समुदायले घरमै नमाज पढ्नुभयो । सबै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यावाद’, उनले भने, ‘कोरोना भाइरसको महामारीबाट हामी बच्नुपर्छ । यो अवस्थामा ईद पर्व मनाउने क्रममा घरै नमाज पढ्न अनरोध छ ।’

अध्यक्ष अन्सारीले मस्जिदहरूमा पाँच जनाभन्दा धेरै व्यक्ति जम्मा नहुन पनि अपील गरेका छन् । उनले भने, ‘पहिला हामी बच्नुपर्छ । कोरोना भाइरसको जोखिमबाट बच्नका लागि लकडाउन गरेको छ । यसलाई पूर्णरुपमा पालना गर्न अनुरोध छ ।’

अध्यक्ष अन्सारीले नेपालगन्जमा समुदायमा काेराेना भाइरसकाे संक्रमण फैलिएकाे स्मरण गराउँदै सर्तक रहन सबैमा अनुराेध गरे ।

आइतबार नेपालका मुस्लिम समुदायले ईद पर्व मनाउँदै छ । आइतबार सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

Published : Saturday, 2020 May 23, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया