गृह मन्त्रालयद्वारा पाँच जिल्लाका सीडीओहरूको सरुवा

काठमाडौं । लकडाउनका बेला गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकार (सीडीओ)को सरुवा गरेको छ ।

रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सीडीओको सरुवा गरिएको उच्च स्रोतले जनाएको छ ।

सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरिएको छ । नवलपरासीका सीडीओ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाको सीडीओमा हरि पन्तलाई पठाइएको छ । रसुवाका सीडीओ अर्जुन भण्डारीलाई मन्त्रालयमा ल्याइएको छ ।

लमजुङका सीडीओ लक्ष्मण खड्कालाई मन्त्रालय सरुवा गरिएको छ । लमजुङका सीडीओमा कृष्णप्रसाद शर्मालाई पठाइएको छ ।

कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा सरुवा गरिएको छ । बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा सरुवा गरिएको छ ।

बैतडीमा मोहन जोशीलाई प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेको स्रोतले जनाएको छ ।

Published : Saturday, 2020 May 23, 6:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया