पूर्वसांसद एवम् पूर्वमन्त्रीको निधन भएपछि देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद समेत रहेका नेता दुर्योधनसिंह थारुको निधनप्रति समवेदना प्रकट गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले थारुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि समेत व्यक्ति गरेका छन् ।

देउवाले शुक्रबार शोक सन्देश जारी गरेर भनेका छन्, ‘नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दुर्योधनसिंह थारु चौधरीको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ ।’

‘स्वर्गीय चौधरीले कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, देउवाले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ ।’

सभापति देउवाले थारुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सभापति देउवाले स्व.थारुको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन्

नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री ७० वर्षीय थारुको शुक्रबार वुटवलस्थित गौतम बुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

स्वर्गीय चौधरी २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

स्वर्गीय थारु स्थानीय विकास राज्यमन्त्री, आपूर्ति सहायकमन्त्री र महिला तथा सामाजकल्याण सहायक मन्त्री समेत भएका थिए ।

स्व.थारुले विक्रम संवत ०२८ सालमा भारतको बनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका थिए ।

पार्टीको विभिन्न पदमा रहेर स्वर्गीय थारुले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । थारुका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।

Published : Friday, 2020 May 22, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया