कांग्रेस नेता एवम् पूर्वमन्त्री चौधरीको निधन

बुटवल । नेपाली कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको शुक्रबार निधन भएको छ ।

कांग्रेस नेता चौधरीको दुई दिनअघि हृदयाघात भएपछि बुटवलको मुटु अस्पतालमा भर्ना भएका थिए । ७० वर्षीय चौधरीको शुक्रबार निधन भएको परिवारजनले बताएका छन् ।

रुपन्देहीको ओमसतिया निवासी चौधरी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री भएका थिए ।

नेपाली कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य भएका थिए ।

पार्टीमा खुमबहादुर खड्का निकट मानिने चौधरीले वीपी कोइरालासँग लामो समयसँगै राजनीति गरेका थिए ।

उनको मृत्युपछि नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन् ।

Published : Friday, 2020 May 22, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया