जिल्ला प्रहरी कार्यालय बैतडी सिल, थुनुवामा देखियो कोरोना

बैतडी । थुनामा रहेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालया बैतडी सिल गरिएको छ ।

पक्राउ परेका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय सिल गरिएको डीएसपी दिल्लीनारायण पाण्डेले बताए ।

ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो । संक्रमित ती व्यक्ति चैत ६ गते भारतबाट नेपाल आएका थिए ।

प्रहरीले ती व्यक्तिलाई कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेर थुनामा राखेको थियो ।

थुनुवामा रहेका व्यक्तिमा शुक्रबार कोरोना संक्रमणको पुष्टि भएको डीएसपी पाण्डेले बताए ।

Published : Friday, 2020 May 22, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया