झुठो विवरण पेस गर्ने असईविरुद्ध आरोप पत्र दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ध्रुवबहादुर केसीविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता गराएको छ ।

आयोगद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार केसीले झुठ्ठा र नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि अनुसन्धानपछि आरोप पत्र दर्ता गरेको हो ।

असाई केसीले त्रिभुवन विश्वविद्यालय, परीक्ष नियन्त्रण कार्यालय, बल्खु, काठमाडौंबाट आईए तह उत्तीर्ण गरेको भन्ने झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी ०५२ मंसिर ३ गते प्रहरी जवान पदमा नियुक्ति भएका थिए ।

सोही प्रमाणको आधारमा ०५९ फागुन १६ मा प्रहरी हवल्दार र ०६३ फागुन ९ गते प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका थिए ।

केसीले झुठा विवरण पेस गरेर ०७० पुस ९ गतेसम्म सरकारी सेवामा बहाल रही लाभ लिएको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार आरोप पत्र दायर गरेको जनाएको छ ।

Published : Thursday, 2020 May 21, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया