कांग्रेसका प्रदीप गिरीको कुराले झस्किए ओली, दिए मनमनै धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य प्रदीप गिरीले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बहुमतको दम्भ नदेखाउन सचेत गराएका छन् ।

मंगलबार बसेको संसदको बैठकमा ओलीलाई प्रश्न गर्दै कांग्रेसका सांसद गिरीले ओलीको दलले अहिले पाएको बहुमत भनेको संख्यातन्त्र मात्रै भएको बताए । उनले विपक्षी दलहरूले भन्दा पनि ओलीलाई आफ्नै दलका नेताहरूले संकटमा पारेको उल्लेख गरे ।

कांग्रेस नेता गिरीले नेबिल च्यम्बरलिनको सत्ताको कथा सुनाउँदै ओलीलाई आफ्नै पार्टी नेकपाबाट सचेत रहने सुझाव दिएका थिए ।

‘प्रधानमन्त्रीजीको हाजिरी जवाफी प्रचण्डमति, बालविद्यतता चुस्त देखिन्छ’, उनले भने, ‘यो जान्दाजान्दै पनि मैले नेबिल फेब्रिन चर्चिलको सम्झना गर्न र गराउने धृष्टता गर्छु ।’

‘प्रधानमन्त्रीले मलाई जवाफ दिनुभयो । मेरो थप प्रश्न के छ भने ? जुन अहिले उहाँले दिन गनाउनुभयो, मेरो दुई वर्ष पुगेको छ, पाँच वर्ष बाँकी छ, त्यो होइन तीन वर्ष बाँकी छ’, कांग्रेसका सांसद गिरीले भने ।

‘नेबिल च्यम्बरलिनको तीन वर्ष बाँकी थियो । तिथीमिति त्यो उहाँले हेर्नु भएपनि हुन्छ’, गिरीले भने, ‘नेबिल च्यम्बरलिनको पार्टी अल्पमतमा गएको थिएन । मैले फेरि सम्झना गराउँछु, तत्कालीन राष्ट्रिय संकटमा उहाँलाई विपक्षले भन्दा पनि उनकै पार्टीका मान्छेले सम्झना गराएका थिए, बिदा, बिदा, बिदा चाहियो प्रभु भनेर । थप, एउटा हुन्छ लोकतन्त्र, अर्को हुन्छ संख्या तन्त्र । यसलाई भन्छन् संख्यातन्त्र ।’

गिरीले प्रधानमन्त्री ओलीलाई संख्याको दम्भ नदेखाउन पटक–पटक सुझाव दिएका थिए । होइन भने ओलीका लागि सबैभन्दा ठूलो संकट आफ्नै दलबाट हुने बताए ।

ओलीले कांग्रेस नेता गिरीको अभिव्यक्ति बडो ध्यानपूर्वक सुनेका थिए ।

Published : Tuesday, 2020 May 19, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया