तरुण दलद्वारा स्याङजामा खुट्टाबाट हात धुने प्रविधि निःशुल्क जडान

स्याङज । नेपाल तरूण दलले स्याङजामा खुट्टाद्वारा सञ्चालित साबुन र पानीले हात धुने मेसिन जडान गरिदिएको छ ।

नेपाल तरुण दल स्याङजाले शहीद चोकमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन निःशुल्क राखिएको हो ।

कोरोनाभाइरसको महामारीबिरुद्धको अभियानमा हातेमालो गर्न नेपाल तरुण दल केन्द्रीय कार्यालयको परिपत्र र तरूण दल स्याङजाको भिडियो कन्फ्रेन्स बैठकको निर्णयानुसार पुतलीबजार नगर कार्यसमितिको पहलमा उक्त मेसिन राखिएको हो ।

मेसिनको दुईतर्फ खुट्टाले थिच्दा पानी र साबुन उपलब्ध हुन्छ ।

प्रयोग गर्न अत्यन्तै सजिलो तरिका रहेको मेसिनको डिजाइन नेबिसंघका नेता एवम् ईञ्जिनियर अनुप श्रेष्ठले बनाएका हुन् ।

स्याङजाकै युनिभर्सल मेटल ईन्डस्ट्रिजमा सो प्रविधि बनाइएको हो ।

नेपाली कांग्रेस स्याङजाका कार्यबाहक सभापति कुमार रानाले खुट्टाद्वारा साबुन र पानीले हातधुने मेसिनको बुधबार उद्घाटन गरेका हुन् ।

कार्यबाहक सभापति रानाले खुट्टको प्रयोगबाट साबुन र पानीले हात धुने यस प्रविधिले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सहयोग मिल्ने बताए । उनले यो प्रविधि एक ठाउँमा मात्रै रहेपनि यसलाई अरु धेरै ठाउँका सार्वजनिक स्थानमा राखेर जनतालाई सचेतना फैलाउन सकिने बताएका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य हीरादेवी शर्मा, पुतलीबजार नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निर्मल शेरचन, मुस्लिम संघ गण्डकी प्रदेशका अध्यक्ष शाह मोहम्मद, तरूण दल स्याङजाका सदस्य सुरेन्द्र ढकाल, बिद्यार्थी नेता ई.अनुप श्रेष्ठ, महिला नेतृ सुनिता पौडेल, तरूण दलका नेता अनुवर अली लगायतको उपस्थिति रहेको थियो ।

तरुण दल स्याङजाका उपाध्यक्ष रविन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन तरूण दल पुतलीबजारका उपाध्यक्ष महादेव श्रेष्ठले गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरू, मेडिकल हलहरू, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटीबाट समेत नजिकै पर्ने शहीदचोकमा उक्त मेसिन राख्नाले धेरैभन्दा धेरै मानिसहरूले उपयोग गर्नसक्ने स्याङ्जा तरुण दलले लिएको छ ।

Published : Wednesday, 2020 May 6, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया