कांग्रेस सांसद भँडेलद्वारा चागुनारायणमा स्वास्थ्य सामग्री हस्तान्तरण

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद कृष्णलाल भँडेलले चागुनारायणमा स्वस्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

भँडेलले भक्तपुरको चागुनारायण नगरपालिका प्रत्येक वडाहरूमा स्वास्थ्यकर्मीहरू हस्तान्तरण गरेका हुन् ।

उनले पीपीई। ग्लोब्स, माक्स र थर्मलगन चागुनारायण नगरपालिकाको स्वास्थ्य शाखा हस्तान्तरण गरकेका छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, नेपाली कांग्रेस चागुनारायण वडा नम्बर ३ का वडा सभापति राजेश शाही, तरुण दलका वडा कार्यसमितिका अध्यक्ष अनिल श्रेष्ठ, कांग्रेसका स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश सांसद भँडेल र क्षेत्रीय सभापति जीवन खत्रीले आफ्नो क्षेत्रका जनतालाई स्वास्थ्य सुरक्षा र आवश्यक्ताहरू पूरा गर्न आफूहरू सधैँ तत्पर रहेको बताएका थिए ।

यसैवीच, सांसद भँडेलले भक्तपुर जिल्ला अस्पताल, नेपाल कोरिया मैत्री हस्पिटल ठिमी र काठमाडौं मेडिकल कलेज दुवाकोटलाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

Published : Wednesday, 2020 May 6, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया