कोरोना भाइरसविरुद्ध भारतीय जनता आफै लडेका छन्

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोना भाइरसविरुद्धको लडाइँ भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् ।

आइतबार मोदीले यो लडाइँमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको बताएका हुन् ।

आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरूले चक्काको काम गरिरहेको उनको भनाई छ ।

उनले भने, ‘हरेक नागरिक यस लडाइँमा कोरोना भाइरसविरुद्धको लडाकु हुनु भएको छ ।’

उनले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम ‘मन की बात’मा विशाल भारतमा यस्तो लडाइँ धेरै कठिन भएको बताएका छन्।

कोरोना भाइरससँगै आफूहरू गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नुपर्ने मोदीले बताएका छन् ।

‘कोरोना भाइरसविरुद्धको जनताको लडाइँ सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पुर्‍याउने छौँ’, मोदीले भनेका छन् ।

Published : Sunday, 2020 April 26, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया