एसएसपी ज्ञवालीले सम्हाले काठमाडौंको जिम्मेवारी

काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

आइतबार एसएसपी ज्ञवालीले जिम्मेवारी सम्हालेका हुन् । उनले काठमाडौं प्रहरी प्रमुख हुनुमा अवसर र चुनौती दुवै रहेको जनाएका छन् ।

ज्ञवाली पछिल्लो समय महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए ।

एसएसपी ज्ञवाली प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका आफ्नै भाइ पनि हुन् ।

विभिन्न जिल्लाको कुसलताका साथ जिम्मेवारी सम्हालिसकेका एसएसपी ज्ञवालीले आफ्नो प्रमुख दायित्व भनेको शान्ति सुरक्षा बनाएर जनतालाई ढुक्कसँग बस्ने वातावरण बनाउनु रहेको जनाएका छन् ।

Published : Sunday, 2020 April 26, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया