यी हुन् नेपाल प्रहरीका नयाँ प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले पाएका छन् ।

प्रहरी प्रधान कार्यालयद्वारा आईतबार जारी विज्ञप्तिअनुसार डीआईजी शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको जनाइएको छ ।

डीआईजी शाही यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख थिए । सीआईबीमा डीआईजी सहकुलबहादुर थापाको सरुवा भएपछि शाहीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

Published : Sunday, 2020 April 26, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया