कोटेश्वर र बालुवाटारमा बाक्लै बैठक, ओलीको कुर्सी बचाउन यी नेताहरू लिए जिम्मेवारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान हुने संकेट देखिएको छैन ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टीमा छलफल र्न नगरी धमाधम निर्णय गरेपछि विवादले उग्र रुप लिएको हो । विवाद बढ्दै जाँदा ओलीको राजीनामाको माग उठेको छ ।

आइतबार ओलीले आफूविरुद्धको जोखिमलाई कमगर्न बालुवाटारमा बाक्लै परामर्शहरू गरेका छन् । ओलीले सकेसम्म पार्टीका बैठकहरू रोक्न चाहेका छन् ।

उनले आफ्ना विरोधीहरूलाई थामथुम पारेर जान खोजेका छन् । आफ्ना विरोधी नेताहरूलाई बालुवाटारमा बोलाएर एक्लाएक्लै कुरा गर्न थालेका छन् ।

उता, वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफू निकटका नेताहरूसँगको सम्वादलाई बाक्लो बनाएका छन् । नेपालले पनि आइतबार कोटेश्वरस्थित आफ्नै निवासमा बैठकहरू गरेका छन् ।

ओलीले बालुवाटारमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरूवीच सम्वाद भएको स्रोतले जनाएको छ ।

वरिष्ठ नेता नेपालले आफू निकटका स्थायी समिति सदस्यहरूसँग कुरा गरेको स्रोतले जनाएको छ ।

कोटेश्वरस्थित निवासमा एक दर्जन नेपाल पक्षीय स्थायी समिति सदस्यहरू पुगेका छन् ।

अध्यादेश प्रकरणपछि पार्टी स्थायी समितिको बैठक माग गरेपनि अध्यक्ष ओलीले बैठक नबोलाउने संकेत गरेपछि नेपाल कसरी अघि बढ्ने भनेर सरसल्लाह गर्न जुटेको नेताहरूले बताएका छन् ।

गत बुधबार स्थायी समिति बैठक माग गर्दै नेपाल पक्षका २० जना स्थायी समिति सदस्यले हस्ताक्षर बुझाएका थिए ।

अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, बेदुराम भुषाल, भीमप्रसाद आचार्य, भिम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।

चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडल, पम्फा भुषाल, मणि थापा, मात्रिका यादव, लीलामणि पोखरेल र हरिबोल गजुरेल छन् ।

नेकपाको विधानमा जुनसुकै कमिटीमा पनि एक तिहाई सदस्यले बैठकको माग गरे बोलाउनुपर्ने व्यवस्था छ ।

अध्यक्ष ओली तत्काल बैठक नबोलाउने पक्षमा छन् । ओलीले सचिवालयका नेताहरूसँग शनिबार छुुट्टाछुटै छलफल गरेका थिए ।

Published : Sunday, 2020 April 26, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया