शेष घलेले दिए नेपाल सरकारलाई तीन करोड, पत्याएनन् एनआरएनएलाई

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले तथा उनकी श्रीमती जमुना गुरुङले कोरोना भाइरसको संक्रमणविरुद्धको उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपियाँ सहयोग गरेका छन् ।

उनीहरूले एमआईटी ग्रुप फाउण्डेसनमार्फत सरकारले गठन गरेको कोषमा सहयोग गरेका हुन् । कोषका प्रतिनिधिहरूले आइतबार नेपालकाे प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

यात्रामा भइरहेको अवरोधका कारण आफूहरू स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गरेर सहयोगको जानकारी गराएका छन् ।

रकम गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष घलेले संघले नै शुरु गरेको कोष संकलनलाई नदिएर सरकारलाई सोझै दिनुमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्मरण रहोस् शेष घले आफै गैर आवासीय नेपाली संघका संरक्षक हुन् । उनले शुरु गरेका भिजन २०२० अवाधारणा, नेपालीका लागि नेपाली भन्ने संघ हिँडेको छ ।

पछिल्लो समय घलेका निर्णयहरूलाई लत्याउने, आन्तरिक सूचना लिक गरेर संघका बिकृति बिसंगती जती सबै घले र भवन भट्टलाई दोष लगाउने खेलमा संघका केही जिम्मेवार पदाधिकारीहरू लागेको छ ।

घलेले शुरू गरेको लाप्राक लगायतका प्रोजेक्टहरूमा ओनरसिप लिएर काम नगरी काम रोकेका लगायतका इस्युमा पूर्वअध्यक्ष भवन भट्ट, शेष घले अनि उपेन्द्र महतो पनि असन्तुष्ट रहेका समाचार सार्वजनिक रुपमा मिडियामा आउने गरेका छन् ।

भट्टलाई पनि व्यक्तिगत कुराहरूलाई उछालेर चरित्र हत्या गर्न खोजेको उनको पर्यटन प्रबर्धन बिभागमा हस्तक्षेप गरेर बाहिरन बाध्य पारिएका कुराहरू आफ्ना निकटहरूलाई बताउने गरेको संघका एक केन्द्रीय सदस्यले बताएका छन् ।

संघमा राजननीति भित्र्याएको भन्दै उपेन्द्र महतो आफै संघबाट बाहिरिएका छन् । बिज्ञहरूलाई अपमान गरेको भन्दै संस्थापन कालदेखि नै योगदान गर्ने डा.सूर्य सुवेदी लगायतका व्यक्तिहरू अलग भएर विज्ञहरूको नयाँ संस्था ग्लोबल पोलिसी फोरम फर नेपाल खोलेका छन् ।

संघमा स्रोत साधन लगानी गरेर योगदान गरेकाहरूलाई पाखा लगाउने, ब्यापार र कमाउ धन्दा चलाउने दाउमा नेतृत्व कब्जा गर्न आएकाहरूको हालीमुहाली भएपछि संघ विभाजानमा जाने निश्चित जस्तो देखिएको छ ।

स्मरण रहोस् नेपालको कानूनले गैरआवासीय नेपाली संघलाई नभएर प्रवासमा रहने गैर आवासीय नेपालीहरूलाई मान्यता दिएको हो ।

प्रवासमा रहेका तामाम नेपाली संघ संस्थाहरू गैरआवासीय नेपालीहरूका संघ संस्थाको रुपमा गैर आवासीय नेपाली संघकै स्थान रहेका छन् ।

सरकारको मान्यता प्राप्त भन्दै गैरआवासीय नेपाली संघका केही नेताहरूले प्रवासमा ठगी धन्दा चलाउने गरेका खबर पनि बेलाबखत मिडियामा आउने गरेका छन् ।

गैरआवासीय नागरिकता गैरआवासीय नेपाली कार्ड नेपाल सरकारले गैरआवासीय नेपालीहरूलाई प्रदान गर्ने कार्ड भएकोले संघसंग सरोकार नभई स्थानीय राजदूतावासको नै

भूमिका रहने भएकाले नेपालको संबिधानले नै दोहोरो नागरिकता दिने भनिसकेपछि संघ अब मुद्दा बिहीन बनेको छ ।

चुनावमा नेतृत्वको हानथापमा मात्र समय र स्रोत खर्चिने संघको औचित्यमा नै प्रश्न गर्न थालिएको छ ।

Published : Sunday, 2020 April 26, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया