वैशाख २५ गतेसम्म लम्बियो लकडाउन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपन्त्रिपरिषद बैठकले लकडाउनलाई वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो ।

सरकारले लकडाउनलाई चार पटक बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो ।

उदयपुरको भुल्केमा समुदायस्तरमा संक्रमण देखिनुका साथै संक्रमित पनि बढेर ५२ पुगेको छ ।

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो ।

Published : Sunday, 2020 April 26, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया