कांग्रेसका युवा नेता केसी चामलका बाेरा बाेकेर पुगे राप्ती सोनारी, साढे ९ हजार किलो हस्तान्तरण

कोहलपुर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसीले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकालाई निःशुल्क खाद्यान्न उपलब्ध गराएका छन् ।

लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई राहत वितरणका लागि गाउँपालिकामार्फत केसीले चामल हस्तान्तरण गरेका हुन् । उनले गाउँपालिकामा रहेका ९ वटा वडालाई चामल उपलब्ध गराएका हुन् ।

कांग्रेसका युवा नेता केसीले पहिलो चरणमा बाँके क्षेत्र नम्बर १ अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको ९ वटै वडालाई ९ हजार ५ सय किलो चामल राहात स्वरुप उपलब्ध गराएका हुन् ।

केसीले सबै वडाहरूमा आफै पुगेर चामल हस्तान्तरण गरेको बाँके कांग्रेसले जनाएको छ ।

चामल हस्तान्तरण गरेपछि कांग्रेसका युवा नेता केसीले एक महिनाको लकडाउनबाट समस्यामा परेका अति विपन्न र मजदुरहरूका परिवारलाई थोरै भएपनि सहयोग होस् भनेर आफूले चालम वडाहरूलाई वितरणका लागि उपलब्ध गराएको बताए ।

उनले संकटका बेला सबैले मानवीयता देखाएर सहयोग गर्नुपर्ने अपील पनि गरेका छन् । कांग्रेसका युवा नेता केसी वरिष्ठ पत्रकार पनि हुन् ।

Published : Sunday, 2020 April 26, 2:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया