मिर्मिरे युवा समाजद्वारा डुङ्गेश्वर गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण

दैलेख । काठमाडौंको मिर्मिरे युवा समाज सिनामंगलले दैलेखको डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।

कोरोना भाइरसको संक्रमणको उपचार र रोकथामका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्री समाजले उपलब्ध गराएको हो ।

सुरक्षा सामग्रीबिना स्वास्थ्यकर्मीले काम गरिरहेका बेला समाजले गाउँपालिकालाई ३५ सेट पीपीई उपलब्ध गराएको छ ।

शनिबार समाजले पीपीईसहित ६ हजार थान सर्जिकल मास्क, पाँच हजार पीस ग्लोब्स, ६० लिटर ह्यान्डवास, ३० थान फेस कभर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरेको छ ।

दुई थान तापक्रम थाहा पाउनका लागि प्रयोग गरिने थर्मल गन प्रदान गरिएको छ ।

गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई वितरण गर्ने गरी पीपीई सेट लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

Published : Sunday, 2020 April 26, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया