काठमाडौंबाट पर्सा आउन कांग्रेस नेताहरूले बसको व्यवस्था गरिदिए

कृष्णा यादब

वीरगञ्ज । नेपाली कांग्रेसका नेताहरूले लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका पर्सा जिल्लाका सर्वसाधारणहरूलाई जिल्लामा ल्याउन पहल थालेका छन् ।

स्थानीय प्रशासनसँगको समन्वयनमा कांग्रेसका नेताहरूले लकडानका कारण काठमाडौं उपत्यकामा समस्यामा परेकाहरूको उद्धार गर्न लागेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, नेता सुरेन्द्र चौधरी, अनिल रुङटालगायतका नेताहरूले पर्साका नागरिकहरूलाई घर ल्याउन पहल गरेका छन् ।

काठमाडौंमा रहेका पर्सा जिल्लाका सर्वसाधारणहरूलाई घर आउनका लागि ९८४५६००७५० र ९८१४२१३१३० सम्पर्क गर्न कांग्रेस नेताहरूले आग्रह गरेका छन् ।

काठमाडौंको बल्खुबाट पर्सास्थित घर आउनका लागि कांग्रेस नेताहरूले बसको व्यवस्था गरिदिएका छन् । बस आइतबार वैशाख १४ गते साँझ साढे छ बजे वीरगञ्जका लागि छुट्नेछ ।

Published : Sunday, 2020 April 26, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया