बलायतमा नेपाली महिलाको निधन

लण्डन । बेलायतीमा ७३ वर्षीया वृद्ध महिलाको निधन भएको छ ।

कास्की जिल्लाको रुपाकोट स्थायी घर भई हाल बेलायतको ननिटन बस्दै आएकी श्रीमती भाइसिरी गुरुङको उपचारका क्रममा निधन भएको हो ।

उनको स्थानीय जर्ज इलियट अस्पतालमा नेपाली समयअनुसार आइतबार निधन भएको स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुमगरले जानकारी दिएका छन् ।

उनी १७ अप्रिलका दिन अस्पताल भर्ना भएकी थिइन् । उच्च रक्तचापकी बिरामी उनलाई खाना नरुच्ने, टाउको दुख्ने लक्षण देखा परेपछि अस्पताल लगिएको थियो ।

उनी पूर्व गोरखा सैनिक श्रीमान तोपबहादुर गुरुङसँगै सन् २०१३ देखि ननिटन बस्दै आएकी थिइन् । उनका श्रीमान गोरखा इन्जिनियर्सका पूर्व सैनिक हुन् ।

उनको श्रीमानलाई टाउको दुख्ने र ज्वरो आउनेलगायतका कारणले अहिले घरमै आइसोलेसनमा बसेका छन । उनको नेपालमा एक छोरा नेपालमै रहेको बताइएको छ ।

करीब २ हजार ५०० नेपालीको बसोबास रहेको ननिटनमा कोरोना संक्रमणबाट नेपालीहरू निकै प्रभावित भएका छन् । तीन साता यता ननिटनमा ६ जना नेपालीको निधन भइसकेको छ ।

Published : Sunday, 2020 April 26, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया