कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङकी भाउजुको निधन

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ विष्णुमाया गुरुङको निधन भएको छ ।

स्याङजा जिल्लाको अर्जुनचौपारी गाँउपालिका घर भै हाल रुपन्देही बस्दै आएकी कांग्रेस नेतृ एवम् क्रियाशील सदस्य गुरुङको असामयिक निधन भएको हो ।

निधन भएकी गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङकी साहिली भाउजु हुन् ।

गुरुङको उपचारका क्रममा काठमाडौंमा शुक्रवार साँझ निधन भएको आफन्तले जनाएका छन् ।

मृगौला रोगबाट पीडित ५७ वर्षीया गुरुङको एक छोरा र एक छोरी तथा श्रीमान छन् ।

उनको पार्थिव शरीरमा उनका देवर एवं कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, कांग्रेस स्याङजाका कार्यवाहक सभापति कुमार राना, जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेलले कांग्रेसको चारतारा अंकित झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि दिइएको छ ।

केही वर्षदेखि नेतृ गुरुङको परिवार रुपन्देहीको सियरा गाँउपालिका ७ मा बस्दै आएको छ ।

नेतृ गुरुङका पति गौबहादुर गुरुङ सियारा गाउँपालिका वडा नम्बर ७ का नेपाली कांग्रेस वडा सभापति हुन् ।

कांग्रेस नेतृ गुरुङको शनिबार पोखरास्थित रामघाटमा गुरुङ जातिको धार्मिक संस्कार अनुरुप अन्त्येष्टि गरिएको छ ।

Published : Sunday, 2020 April 26, 7:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया