गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिकाले न्युयोर्कमा स्वास्थ्य सामग्री वितरण गर्ने

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले १४औं लोकतन्त्र दिवसको अवसरमा नेपाली समुदायलाई निःशुल्क वितरणका लागि स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।

न्यूयोर्कमा आयोजित कार्यक्रममा फाउण्डेशनलाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री नेपाली समुदाय समक्ष पु¥याउनका लागि प्राप्त भएको हो ।

न्यूयोर्क सहरको पूर्वकाउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले कोरोनाको मारमा परेका र अन्यलाई सुरक्षित रहन आवश्यक सामग्री हस्तान्तरण गरेको फाउनण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।

लोकतान्त्रिक आन्दोलनका सम्पूर्ण शहीदहरू एवम् दोश्रो जन–आन्दोलन ०६२–०६३ का कमाण्डर शिखर पुरुष गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

लोकतन्त्र दिवसको उपलक्ष्यमा फाउण्डेशनले समाजप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले कोभिड १९ को महामारीको चपेटामा परेका न्यूयोर्कका नेपालीहरूलाई फाउण्डेशनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ अग्रसर फाउण्डेशनले एलिजाबेथ क्राउलीलाई विशेष धन्यवाद एवम् आभार प्रकट गरेको छ ।

क्राउलीले फाउण्डेशनलाई सहयोग १५० वटा रेगुलर मास्क, ८५ वटा सेनीटाईजर र १० बक्स ग्लोभ्स उपलब्ध गराएका छन् ।

सहयोग सामग्रीहरूको हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र कृयाशील सदस्य सूर्य सिम्खडाले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।

प्राप्त सामग्रीहरू छिरिङ्ग राप्के लामाले नेपाली समुदायमा वितरण गर्ने जनाएका छन् । ती सामग्री आवश्यक पर्ने व्यक्तिहरूलाई सम्पर्कको लागि ३४७६५२३६८३ नम्बर सार्वजनिक गरिएको छ ।

Published : Friday, 2020 April 24, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया