ज्वराे देखिएपछि राप्ती गाउँपालिकामा ११ जनालाई क्वारेन्टाइनमा राखियो

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकामा ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

बिहीबार साँझ घर फर्किएका ११ जनाको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरूमध्य ६ जनालाई ज्वरो देखापरेको थियो ।

ज्वरो देखिएपछि राप्ती गाउँपालिकाले ११ जनालाई नै बिहीवार राति क्वारेन्टाईनमा भर्ना गरिएको छ ।

उनीहरू म्याग्दी जिल्लाबाट हिँडेर राप्ती गाउँपालिकाको वडा नम्बर २ स्थित आफ्नो गाउँ आएका थिए । उनीहरू मजदुरी गर्न अर्को जिल्ला गएका थिए । लकडाउनबाट समस्या भएपछि घर हिँडेर आएका थिए ।

लालमटिया स्वास्थ्य चौकी भालुवाङको स्वास्थ्यकर्मीको टोलीले भालुवाङमा स्वास्थ्य चेकजाँच गर्दा ६ जनामा ज्वरो देखिएको थियो ।

लालमटियास्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा सबै ११ जनालाई राखिएको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।

क्वारेन्टाईनमा बसेका ती ११ मा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको छैन ।

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा यसअघि बसेका दुई जनालाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि घर पठाइएको थियो ।

Published : Friday, 2020 April 24, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया