डीआईजी सिंहले सम्हाले प्रदेश २ को जिम्मेवारी

जनकपुरधाम । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले प्रदेश २ को जिम्मेवारी सम्हालेका छन् ।

बिहीबार प्रदेश प्रमुखको कार्यालय जनकपुरमा सिंहले जिम्मेवारी सम्हालेका हुन् । उनलाई माहतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

भारतसँगको खुला सिमानाका कारण प्रदेश २ कोरोना भाइरसको संक्रमणमा उच्च जोखिम छ ।

यस्तो अवस्थामा कमाण्ड सम्हालेका डीआईजी सिंहलाई सिमाना व्यवस्थित गर्नुपर्ने ठूलो चुनौती छ ।

Published : Thursday, 2020 April 23, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया