भारतीय नागरिकद्वारा धार्चेमा राहत वितरण

गोरखा । गोरखा जिल्लाको धार्चे गाउँपालिकामा एकजना भारतीय नागरिकले लकडाउनका समस्यामा परेका मजदुर र अति विपन्न परिवारलाई राहत उपलब्ध गराएका छन् ।

भारतीय नागरिक दीपक त्रिपाठीले ५० जनालाई राहत उपलब्ध गराएका हुन् । पाँच किलो चामल, दाल, नुन, तेलसहितको राहतको पोका बनाएर अति विपन्न परिवार र मजदुरहरूलाई उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

यूएनडिपीमा आवद्ध रहेका भारतीय नागरिक त्रिपाठीले धार्चेमा दैनिक ज्यालादारीमा काम गरेर बस्दै आएका परिवारलाई सो सहयोग गरेका हुन् ।

खानीबेशी र काशिगाउँबेशीका ती परिवारलाई उनले राहत उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए ।

भारतीय नागरिक त्रिपाठी हाल काठमाडौंमा छन् । उनले राहत वितरणका लागि भनेर ३० हजार रुपियाँ पठाएका थिए ।

Published : Thursday, 2020 April 23, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया