गगनले लकडाउनबाट समस्यामा परेकाहरूको घरमा पुर्‍याए खानाको प्याकेट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद गगन थापाले आफ्नो क्षेत्रका जनतालाई लकडाउनका कारण परेको समस्या समाधान हरसम्भव प्रयासहरू गरिरहेका छन् ।

उनले आफ्नो क्षेत्रका जनतालाई कहाँ–कहाँ समस्या परेको छ ? जानकारी लिएर हरसम्भव सहयोग गर्दै आएका हुन् । थापाले लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई खानपिनमा सहयोग गर्दै आएका छन् । उनले स्वास्थ्य सामग्रीहरूमापनि सहयोग गर्दै आएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को संयोजन तथा सबै दल तथा समाजसेवीहरूको सहकार्यमा वडामा बसोबास गर्ने, गुजारा गर्न गाह्रो परिरहेकालाई टोलटोलमा खाना वितरण गर्न संचालित अभियानअन्तर्गत ८ सय ३० जनाको लागि एक छाक खानाको व्यवस्थापन गरेको जनाएका छन् ।

‘यसको निरन्तरताका लागि हामीलाई सहयोगी हातहरू चाहिएको छ’, उनले अपील गरेका छन् । युवा नेता थापाले समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई बेलाबेला खाद्यान्न समेत वितरण गर्दै आएका छन् ।

Published : Wednesday, 2020 April 22, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया