जुनियर एसपी खापुङको नाम कसले छिरायो १९ एसपीहरूको बढुवा सूचीमा ?

काठमाडौं । डीआईजीहरूको बढुवासँगै पदस्थापना भएको दुई दिनभित्र नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवामा सिफारिस भएको छ ।

मंगलबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

एसपीहरू वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुबहादुर केसी, भरतबहादुर बोहरा, कुवेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेश बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञमणि पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुवेर खापुङको बढुवाका लागि सिफारिस भएको छ ।
एसपी चक्रबहादुर सिंह, सुरेन्द्र मैनाली, कृष्णकुमार महत लगायत छुटेको आरोप छ ।

जुनियर एसपी चन्द्रकुवेर खापुङलाई बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसउपर एक साताभित्र उजुरी गर्न सक्ने प्रावधान छ ।

राजनीतिक दवाव लगाएर जुनियर एसपी खापुङलाई बढुवा सिफारिसमा पारिएको स्रोतले जनाएको छ ।

Published : Wednesday, 2020 April 22, 7:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया