नारायणी अस्पतालमा सबै सेवा सुचारु गर्न कांग्रेसको माग

कृष्णा यादब

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रदेश सांसदहरूले पहिलाकै जस्तै आकस्मिक लगायतका सम्पूर्ण सेवा सुचारु गर्न नारायणी अस्पता र सरोकारवालासँग माग गरेका छन् ।

कांग्रेसका नेताहरूले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर कोरोना भाइरसका संक्रमितहरूको उपचारका लागि नारायणी अस्पतालभन्दा अन्यत्र ब्यवस्थापन गर्न माग गरेको हो ।

नेपालीका केन्द्रीय सदस्य रमेश रिजाल र अजय चौरसिया, नेताहरू सुरेन्द्रप्रसाद चौधरी, अनिल रुङ्गटा, जनार्दनसिंह क्षेत्री, प्रदेश सभासदस्यहरू ओमप्रकाश शर्मा, शंकर चौधरी, राजेश्वर साह तेली, अशिया देवी थरुनी, नेता रामरुप कुर्मीले संयुक्त विज्ञप्ति जारी गरि नारायणी अस्पतालमा आएको पीसीआर मसिन यथाशीघ्र जडान गरी सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

कोरोनाका भाइरसको संक्रमणका कारण लकडाउनको अबधिभरि किसानहरूको ब्याज मिनाहा गर्न कांग्रेस नेताहरूले माग गरेका छन् ।

उनीहरूले किसानलाई राहतको प्याकेज उपलब्ध गराउन पनि माग गरेका छन् । उद्योगी व्यवसायीहरू लकडाउने समस्यामा परेको भन्दै ब्याज मिनाहा गर्न सरकारसँग आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा संचारकर्मीहरूको आवश्यक सुरक्षा कवचको ब्यवस्था गर्नुपर्ने लगायतको माग समेत कांग्रेस नेताहरूले गरेका छन् ।

संघ र प्रदेशमा रहेका सांसद, मन्त्रीलगायत सम्पूर्णको भत्ताबाट कोरोना राहत कोषमा रकम जम्मा गर्ने कांग्रेस नेताहरूले जनाएका छन् ।

Published : Tuesday, 2020 April 21, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया