कम्युनिस्ट सरकारले हर्कत गर्न थालेपछि कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले अध्यादेशमार्फत दुई वटा अध्यादेश ल्याएपछि सो विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा बैठक बोलाएको छ ।

सभापति देउवाले कांग्रेसका पदाधिकारीहरूको बैठक मंगलबार बिहान बोलाएका हुन् । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ ।

कम्युनिस्ट सरकारले सोमबार राजनीतिक दल विभाजन र संवैधानिक परिषदको गणपुरक संख्यासम्बन्धी दुई अध्यादेश ल्याएको छ । सो अध्यादेशहरूको विज्ञप्ति जारी गरेर विरोध जनाएको कांग्रेसले सरकारका हर्कतका विषयमा छलफल गर्नेछ ।

कोरोना भाईरसको संक्रमणबाट जनताको जीवन बचाउने बेला कम्युनिस्ट सरकारले बेमौसमका निर्णय र गतिविधि गर्दै आएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

संवैधानिक परिषदको बैठकमा गणपुरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषदले पारित गरेको थियो ।

पहिलाको व्यबस्थाअनुसार संबैधानिक परिषदमा मुख्य बिपक्षी दलको नेता रहने व्यबस्था थियो ।

सरकारले अध्यादेशमार्फत जारी गरेको ऐनमा संबैधानिक परिषदमा बिपक्षी दलको नेता रहने व्यबस्था हटाइएको छ ।

Published : Monday, 2020 April 20, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया