प्रहरीका दश डीआईजीको पदस्थापना, सीआईबीमा थापा

काठमाडौं । नेपाल प्रहरीका सात जना नायब महानिरीक्षक (डीआईजी)लाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले सोमबार बढुवा भएका डीआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेसँगै पदस्थापना गरिएको हो ।

प्रदेश १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा धिरजप्रताप सिंहलाई पठाइएको छ ।

बाग्मती प्रदेश प्रमुखमा वसन्त लामाले जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशमा घनश्याम अर्यालले जिम्मेवारी पाएका छन्।

प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीले जिम्मेवारी पाएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापाले जिम्मेवारी पाएका छन् । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् ।

सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएको छ । प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ ।
डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् ।

डीआईजी अरुणकुमार बिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पाएका छन् । डीआईजी प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ ।

Published : Monday, 2020 April 20, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया