गौथली सहकारीद्वारा सहयोग प्रदान, आषधि छर्कियो

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्व आक्रान्ता बनेका नेपालमा पनि सम्पूर्ण उत्पादनशील क्षेत्रहरू प्रभावित बनेका छन् ।

संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण बजार, यातायात तथा सम्पूर्ण कार्यालयहरू बन्द अवस्थामा छन् ।

केही बैंकहरूले सीमित क्षेत्रमा सीमित सेवा दिएपनि अधिकांश सहकारीहरूको सेवा भने बन्द छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९, मैतीदेवीमा रहेको गौथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भने समुदायप्रति चासो राखेको छ ।

सरकारले लागू गरेको लकडाउनको पालना गरेर गौथली सहकारीले सहयोग गरेको छ ।

आर्थिक समस्यामा परेका संस्थाका सेयर सदस्यहरूलाई घरमै पुगेर सहयोग गरिरहेको छ ।

यो कार्य सदस्यले विभिन्न माध्यमबाट गरेको सम्पर्कका आधारमा गरिएको छ ।

सम्पर्कको माध्यम संस्थाको सूचना बोर्ड तथा संस्थाको आधिकारी फेसबुक पेजमा उपलब्ध गराइएको छ ।

संस्थाले स्थानीय संघ, संस्था तथा टोल सुधार समितिहरूसँग सहकार्य गरि मैतीदेवी, सिनामंगल, पुरानो बानेश्वर, एयरपोर्ट आसपासका क्षेत्रमा हरेक घरमा पुगेर गेट, कम्पाउन्ड, चेन गेट साथै भर्‍याङसम्म किटनासक औषधि छर्कने कार्य गरिरहेको सस्थाका प्रमुख कार्यकारी संचालक चेतन न्यौपानेले जानकारी दिएका छन् ।

संचालक न्यौपानेका अनुसार देशले विषम परिस्थितिको सामना गरिरहेको अवस्थामा सामान्य नागरिकभन्दा एक कदम अगाडि बढेर आफ्ना सदस्य र समुदायको सेवा गर्नु नै सहकारीकर्मीको मूल मर्म र मान्यता हो ।

यस कार्यमा संचालक न्यौपाने आफै र मिरमिरे युवा समाज सिनामंगल सक्रिय भएका छन् ।

Published : Monday, 2020 April 20, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया