कांग्रेस नेता खतिवडाद्वारा आफ्नै खर्चमा २५ बोरा चामल बितरण

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले खाद्यान्न हस्तान्तरण गरेका छन् ।

सोमबार बिहान काठमाडौंको चाबहिलमा कांग्रेसका पूर्वसांसद समेत रहेका खतिवडाले २५ बोरा चामल हस्तान्तरण गरेका हुन् ।

ओखलढुंगा जिल्लाबाट काठमाडौं उपत्यकामा बसोबास गर्ने मजदुर तथा अति विपन्न परिवारहरूलाई खतिवडाले खाद्यान्न दिएको उनको सचिवालयले जनाएको छ ।

खतिवडाले आफ्नै निजी खर्चमा समस्यामा परेका परिवारहरूलाई खाद्यान्न उपलब्ध गराएको जनाएका छन् ।

यसअघि पनि खतिवडाले ओखलढुंगा घर भई काठमाडौंमा बसोबास गर्ने मजदुरहरूलाई खाद्यान्न उपलब्ध गराइसकेका छन् ।

उनले ओखलढुंगा जिल्लामा पनि स्वास्थ्य सामग्रीहरू उपलब्ध गराइसकेका छन् ।

Published : Monday, 2020 April 20, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया