वीरगञ्जमा सिंहको नेतृत्वमा निःशुल्क खाना र सेनिटाइजर छर्किदै

कृष्णा यादब

वीरगञ्ज । वीरगञ्जमा समाजसेवी राजेशमान सिंहको पहलमा कोरोना भाईरसको संक्रमणबाट नगरवासीलाई सुरक्षित बनाउन सेनिटाइजर छर्किने र समस्यामा परेकालाई खाना खाउँदै आएका छन् ।

सिंहको पहलमा साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले वीरगंजमा सेनटाईजर गर्दै र क्वारेन्टाइनमा रहेकाहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।

वीरगंजको कलवार धर्मशाला र सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा रहेकाहरूका लागि प्रत्येक दिन निःशुल्क रुपमा खाना वितरण गर्दै आइएको संस्थानका अध्यक्ष राजेशमा सिंहले बताए ।

वीरगञ्जको क्लवार धर्मशलाको क्वारेन्टाइनमा शुक्रबारसम्म खाना वितरण गरिएको र आज २३औं दिन पनि सिदार्थ माविको क्वारेन्टाइनमा रहेको ४३ जनालाई खाना वितरण गरिएको अध्यक्ष सिंहले बताए ।

राजपाका महासचिव एवम् पर्सा जिल्ला अध्यक्ष समेत रहेका सिंहका अनुसार संस्थाले क्वारेन्टाइनमा रहेकाहरूको लागि प्रत्येक दिन बिहानको खाना वितरण गर्दै आएको छ ।

यसका साथै वीरगंजमा रहेका विभिन्न रिक्सा खारेजहरूमा समेत संस्थाले खाना वितरण गर्दै आएको छ ।

शनिबारपनि वीरगंजको घण्टाघर र नगवास्थित रिक्सा खारेजहरूमा १ सय १० प्याकेट खाना वितरण गरिएको संस्थाको अध्यक्ष सिंहले बताए ।

संस्थाले कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट बाच्न वीरगंजको ३ ठाउँमा सेनिटाइजिंग बूथ लगाएको छ ।

वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय चिनिमिलमा सेनिटाइजिंग बूथ संस्थाले जडान गरेको हो ।

आफ्नो नगरबासीलाई सुरक्षित राख्नुको लागि महानगरपालिकाभित्र रहेको विभिन्न वडामा सेन्टाईजिङ गर्नै र दिनहुँ ज्यालादारी गरि खानेहरूलाई राहत बितरण गर्ने हाम्रो सस्था निरन्तर अगाडि रहेको युवा नेता सिंहले बताए ।

सेन्टाईजिङ र खाना वितरणमा संस्थाका सदस्यहरू जयप्रकाश महतो, राजेश सिंह, निराजन अधिकारी, अफरोज आलम, जियाउलहक, अमीत यादब, बिष्णु पटेल, संजिब यादबलगायतको सहभागिता रहेको छ ।

Published : Sunday, 2020 April 19, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया