पोखरामा नेविसंघद्वारा सुरक्षाकर्मीलाई पानी वितरण

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो ५१औं स्थापना दिवसमा विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

वैशाख ६ गते देशभरि नेविसंघका नेता तथा कार्यकर्ताहरूले विभिन्न रचनात्मक कार्यक्रम गरेका हुन् ।

नेविसंघका कार्यकर्ताहरूले विभिन्न ठाउँमा राहत बितरण, चोकमा रहेका सुरक्षाकर्मीलाई पिउने पानी वितरण गरेका छन् ।

कास्कीमा पनि नेविसंघका कार्यकर्ताले ड्युटीमा बसेका प्रहरीलाई पानी बाडेको नेविसंघका नेता विपिन पौडेलले जानकारी दिए ।

कार्यक्रममा नेविसंघ पूर्व केन्द्रीय सदस्य सरोज केसी, गोपाल गुरुङ, नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापा, जनप्रिय क्याम्पसका स्ववियु सभापति आशिक गुरुङ, नेविसंघ कास्कीका नेता डिफान भुजेल, विजय घिमिरे र विपिन पौडेल लगायतको सहभागिता रहेको थियो ।

नेविसंघका नेता एवम् युवा पर्यटन व्यवसायी किरण बरालले आर्थिक सहयोग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीय वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार लगायतका विभिन्न प्रहरी कार्यालयहरूमा ५० कार्टुन पानी चोक–चोकमा ड्युटी गर्ने प्रहरीलाई दिनु भनेर हस्तान्तरण गरिएको छ ।

Published : Sunday, 2020 April 19, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया